ढुंगा, गीट्टी, बालुवा जिल्ला अनुगमन तथा समन्वय समति मकवानपुरले स्थानीय तहमा रहेका नदिजन्य पदार्थको मौजदात प्रमाणिकरणका लागि सिफारीस समिति गठन गरेको छ । अनुगमन समितिका संयोजक एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले स्थानीय तहमा रहेका नदिजन्य पदार्थको मौजदात प्रमाणिकरणका लागि सिफारीस समिति गठन गरेको हो ।
डिभिजन वन कार्यालयका प्रमुखको संयोजक्त्वमा गठीत ७ सदस्य सिफारीस समितिमा जिल्ला प्रशासन कार्यालयका अधिकृत प्रतिनिधि, सिँचाई कार्यालयका ईन्जिनियर प्रतिनिधि, सम्बन्धीत स्थानीय तहका ईन्जिनियर प्रतिनिधि, घरेलु तथा सना उद्योग कार्यालयका अधिकृत प्रतिनिधि, आन्तरिक राजस्व कार्यालयका अधिकृत प्रतिनिधि र जिल्ला समन्वय समितिका प्राविधिक सदस्य सचिव रहने अनुगमन समितिका संयाजक खुलालले जानकारी दिनुभयो । समितिलाई स्थानीय तहमा रहेको मौजदात नदिजन्य पदार्थको विवरण तयार गरेर अनुगमन समितिमा सिफारिस गर्ने छ । समितिको सहयोगका लागि मापदण्डसहित छुट्टै तीन सदस्य उपसमिति समेत गठन गरिएको छ । समिति र उपसमितिले स्थानीय तहमा चालु आर्थिक वर्षमा भएको ठेक्का सम्झौता, बिक्री खाता र गत वर्षको अल्याका आधारमा विवरण तयार गर्ने र अनुगमन समितिमा पेश गर्ने र त्यसकै आधारमा मौजदात प्रमाणिकरण गरिने संयोजक खुलालले जानकारी दिनुभयो ।
त्यस्तै बैठकले स्थानिय तहले नदिजन्य पदार्थको उत्खनन् गर्ने क्रममा गरेको वातावरणिय प्रभाव मुल्याङ्कन अनुसार स्थानिय तहमा वातावरण संरक्षण कोष स्थापना गर्न लगाउने साथै ईएमपीमा भएको व्यवस्थालाई कायान्व्यन गर्न लगायने निर्णय गरेको उहाँले बताउनुभयो । स्थानीय तहमा खरिद बिक्री सम्बन्धी खाता स्थापना गरि कार्यान्वय गर्न निर्देशन गर्ने निर्णय गरेको छ । साथै बैठकले स्टक व्यवस्थापन सम्बन्धी ढाँचा स्वीकृत गरि स्थानीय तहमा लागु गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।
त्यस्तै बैठकले जिल्लाको ईन्द्रसरोवरमा भएको अबैध उत्खनन्का विषयमा सम्बन्धीत स्थानीय तहबाट रिपोर्ट माग गर्ने निर्णय गरेको छ । ईन्द्रसरोवर गाउँपालिकामा अबैध उत्खनन् भएको परिमाण कति हो ? र काँहा प्रयोग भएको हो ? सो को विवरण माग गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । साथै जिल्लाको मकवानपुरगढीबाट प्राप्त नदि उकासबाट निश्कने स्रोतको विषयमा गाउँपालिकाबाट बोधार्थ प्राप्त पत्र बैठकमा जानकारी गराईएको थियो । मकवानपुरगढी गाउँपालिकाले नदि उकासका कारण बस्ती जोखिममा पर्ने हुनाले त्यसका सम्बन्धमा आवश्यक निर्णयका लागि गरेको पत्राचारका विषयमा बैठकले जिल्ला विपद व्यवस्थापन समितिमा आवश्यक निर्णयका लागि पठाउने निर्णय गरेको उहाँले बताउनुभयो । बैठकमा जिल्ला समन्व्य समिति उपप्रमुख भगवती पुडासैनी, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, समन्वय अधिकारी आनन्दराज पोखरेल, मकवानपुरका दुवै डिभिजन वन कार्यालयका प्रमुखहरु, मकवानपुरका प्रहरी प्रमुख, सशस्त्र प्रहरीका प्रतिनिधिलगायत समितिका सदस्यहरुको सहभागिता थियो ।
