जिससद्धारा मानवसेवा आश्रमको अनुगमन

५ फाल्गुन २०७७, बुधबार

जिल्ला समन्वय समिति (जिसस) मकवानपुरद्धारा बुधबार माव सेवा आश्रमको मुख्य कार्यालयको अनुगमन गरेको छ । जिल्ला स्थित आश्रम तथा बालगृहहरुको अवस्थाका बारेमा जानकारी लिने तथा समन्वय र सहजिकरण गर्ने उदेश्यले आजबाट मानव सेवा आश्रमबाट अनुगमन सुरु गरिएको हो ।
जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको नेतृत्वमा आज पहिलो दिन मानव सेवा आश्रममा अनुगमन गर्नुका साथै वस्तु स्थितीका बारेमा जानकारी लिईएको छ । अनुगमनका क्रममा टोलीले आश्रम सञ्चालनको स्रोत, सञ्चालनको अवस्था, व्यवस्थापन, आश्रृतहरुको अवस्थालगायत विषयमा जानकारी लिनुभएको थियो ।
अनुगमनका क्रममा मानव सेवा आश्रमको मुख्य कार्यालय हेटौंडाका व्यवस्थापक उमा भण्डारीलगायत अभियन्ताहरुले आश्रमको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । समाजमा विभिन्न परिस्थितिले विवश भई मागेर समेत खान नसक्ने व्यक्तिहरुको सेवामा जुटिरहेको मानवसेवा आश्रमले मुठ्ठि दान, विभिन्न उत्सवहरु मनाउने साथै विभिन्न व्यक्ति एवम् संघसंस्थाबाट प्राप्त सहयोगबाट आश्रम सञ्चालन भईरहेको बताउनुभयो । कुख्ररेनी सामुदायिक वनको १६ कठ्ठा जमिनबाट भाडामा सञ्चालित रहेको आश्रमलाई संघीय, प्रदेश र मकवानपुरको स्थानीय तहहरुको समेत सहयोग रहेको उहाँले जानकारी दिनुभयो ।
भण्डारीले ७ वटै प्रदेशमा यस्तै प्रकृतिका २० वटा शाखा कार्यालयहरु समेत सञ्चालन भएको जानकारी दिनुहुँदै उहाँले आश्रमले जुनसुकै अवस्थाका मानवलाई सेवा प्रदान गर्नुका साथै पारिवारिक पुर्नमिलनको कामलाई प्राथमिक्ताका साथ अगाडी बढाएको बताउनुभयो ।सो क्रममा उहाँले उद्धार गरिएकाको संख्या अनुरुप खाद्यान्न र लत्ताकपडामा समस्या, औषधी उपचारमा समस्या रहेको बताउनुभयो । व्यवस्थापनमा आईपर्ने समसया तथा व्यवस्थापनमा लाग्ने खर्चका बारेमा समेत जानकारी गराईएको थियो । ७ वटै प्रदेशका शाखाहरुमा गरि अघिल्लो वर्ष करीब १५ करोड रुपैया व्यवस्थापनमा खर्च भएको बताईएको छ । आश्रममा हाल २०७ जना आश्रिृतहरु रहेको उहाँले बताउनुभयो ।