जिल्ला समन्वय समिति मकवानपुरले नयाँ समन्वय अधिकारी पाएकाे छ । नयाँ समन्वय अधिकारीलाइ आज एक कार्यक्रमकाबीच स्वागत गरिएकाे छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानलगायत समन्वय समिति परिवारले आज जिल्ला समन्वय अधिकारी वाशुदेव खतिवडा ज्युलाई कार्यालयमा स्वागत गरेकाे हाे ।