मिति २०७९।११।१८ गते जिल्ला समन्वय समिति मकवानपुर, डिभिजन वन कार्यालय, हेटौंडा र डिभिजन वन कार्यालय, राप्ती (मनहरी) को आयोजनामा मानव वन्यजन्तु द्वन्द तथा वनडढेलो न्यूनिकरण सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख श्री ललित बहादुर घलान ज्यूको अध्यक्षता एवम् बागमती प्रदेशका माननीय मुख्यमन्त्री सालिकराम जम्मकट्टेलको प्रमुख आतिथ्यता, बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी ज्यू, प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे ज्यूको विशिष्ट आतिथ्यतामा सम्पन्न भयो । अभिमुखिकरण कार्यक्रममा मकवानपुर जिल्लाका दशवटै स्थानिय तहका टोल विकास संस्था र आमा समुह लगायत सरोकरवाला पक्षहरुको उल्लेख्य सहभागिता थियो। कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरद्वारा प्रकाशीत पुस्तक समेत अनावरण गरिएकाे थियाे ।
Home कार्यक्रमहरु मानव वन्यजन्तु द्वन्द तथा वनडढेलो न्यूनिकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम, मिति २०७९।११।१८ गते