२०७७ जेष्ठ २१ गते – ढुंगा, गिट्टी, बालुवा अनुगमन

ढुंगा, गिट्टी, बालुवा जिल्ला अनुगमन समितिका संयाेजक रघुनाथ खुलालकाे नेनृत्वमा जिल्लाकाे भीमफेदी गाउँपालिकामा अनुगमन गरिएकाे छ । अनुगमन टाेलीमा जिसस उपप्रमुख भगवती पुडासैनी, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, भीमफेदी गाउँपालिका उपाध्यक्ष पार्बती राना, कार्यकारी प्रमुख जिवन कुँबर, डिभिजन वन कार्यालय हेटाैंडाका प्रमुख इमनाथ पाैडेललगायतकाे सहभागिता थियाे ।