(२०७७/०८/०४) गते- बोर्ड बैठक

जिसस मकवानपुरको ७० औ बैठकको निर्णयहरु

विषयहरु,

१. जिल्ला सभाले पारित गरेका नीति कार्यक्रम र बजेट कार्वयन ।

२. मौजाद कोषको रकम लगनी  ।

३. समवेदना ।

निर्णयहरु,

१. पाचौं जिल्ला सभाबाट पारित र नीति कार्यक्रम कार्यनयन र बजेट परिचालनको लागि व्यवस्थित कार्यतालिका बनाई कार्यन्वयनमा लैजाने ।

२. मौजादकोष सञ्चालन निर्देशिका बमोजिम हेटौंडा उपमहानगरपालिका सँगको लागत साझेदारीमा श्री बालज्योति माबि हेटौंडा–५ पिप्ले र श्री प्रगति माबि हेटौंडा–९ लामसुरेमा बालमैत्री शौचालय निर्माणको लागि तीस–तीस लाख रुपैयाँ रकम विनियोजन गर्ने ।

३. जिससको मौजदात कोषबाट राक्सिराङ गाउँपालिकालाई स्वास्थ्य चौकी (कोभिड अस्पताल) निर्माणका लागि ५० लाख रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरियो ।

. २०४९ सालको स्थानीय निर्वाचनमा मकवानपुर जिल्लाको जिल्ला विकास समिति सभापति मा निर्वाचित, २०५६ सलको आम निर्वाचनमा मकवानपुर जिल्ला क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा निर्वाचित माननीय श्री वीर बहादुर लामाको २०७७ कार्तिक २३ गते हुन गयको दुखद निधनप्रति गहिरो शोक व्यक्त गर्दैछ । स्व. लामाले निर्वाचित जनप्रतिनिधिको हैसियतले खेल्नु भएको भुमिका र पु¥याउनु भयको योगदानको उच्च सम्मानकासाथ जिसस बोर्ड बैठकबाट स्व. लामा प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै, सोक सन्तप्त परिवारजनमा हार्दिक संवेदना प्रकट गर्दछ ।