जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले संचालनमा ल्याउन लागेको अनुगमन, मूल्याङ्कन व्यवस्थापन प्रणाली Monitoring and Evaluation Management system, (MEMS) सम्बन्धी दुई दिने तालिम सम्पन्न सम्पन्न भएको छ । जिल्लाका १० वटै स्थानीय तहका योजना र प्राविधिक शाखाका कर्मचारीहरुको सहभागितामा तालिम सम्पन्न भएको हो ।

हिजाे सोमबारबाट सुरु भएको तालिमको जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालले आज एक कार्यक्रमका बिच समापन गर्नुभएको हो । तालिमको समापन कार्यक्रममा प्रमुख खुलालले नतिजामूलक विकासका लागि अनुगमन र मूल्याङ्कनको भुमिका प्रभावकारी हुने हुँदा उक्त प्रणलीको विकास गरिएको बताउनुभयो । जिसस मकवानपुरले अनुगमन र मुल्याङकनलाई प्रभावकारी बनाउने उदेश्यका साथ उक्त प्रणली संचालनमा ल्याउन लागेको उहाँले बताउनुभयो ।

सुशासन, पारदर्शिता र स्वच्छताका लागि नियमन, अनुगमन हुनुपर्नेमा जोड दिनुहुँदै उहाँले उक्त प्रणलीले पक्कै पनि स्थानीय तहलाई सहज र सक्षम बनाउन समेत मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रणालीलाई मकवानपुरका सबै स्थानीय तहमा सञ्चालन गराई योजना कार्यान्वयनको व्यवस्थित रुपमा अनुगमन गरी समग्र स्थानीय तहको कार्य सञ्चालनमा प्रभावकारीता ल्याउने उद्देश्य रहेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा स्थानीय तहबाट सहभागिहरुले प्रणली निकै राम्रो भएको तर, केहि सुधार गर्नुपर्ने औल्याउनुभएको थियो ।

समापन कार्यक्रममा जिसस उपप्रमुख भगवती पुडासैनी, समन्वय अधिकारी आनन्दराज पोखरेल, शाखा अधिकृत सुनीता गजुरेल, नायब सुब्बा उपेन्द्रनाथ पोखरेललगायत जिल्लाका १० वटै स्थानीय तहका योजना शाखा र प्राविधिक शाखाका कर्मचारीहरुको सहभागिता थियो ।
