९ सदस्यीय जिल्ला समन्वय समिति गठन गर्ने निर्णय

जिल्ला समन्वय समिति मकवानपुरमा ९ सदस्य समिति गठन गर्ने निर्णय भएको छ । जिल्ला समन्वय समिति मकवानपुरको सदस्य संख्या निर्धारण गर्ने सन्दर्भमा बुधबार भएको सातौं बिशेष जिल्ला सभाले नौ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो । सभाका जेष्ठ सदस्य एवम् ईन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीको अध्यक्षतामा भएको जिल्ला सभाले ९ सदस्यीय जिल्ला समन्वय समिति गठन गर्न निर्वाचन आयोगमा अनुरोध गरी पठाउने निर्णय गरेको जिल्ला समन्वय अधिकारी आनन्दराज पोखरेलले जानकारी दिनुभयो । यसअघि पनि जिल्ला समन्वय समिति नौ सदस्यीय रहेको थियो । प्रमुख÷उपाप्रमुख र सात जना सदस्य समितिमा रहनेछन् । आज सम्पन्न विशेष सभाले जिल्ला समन्वय समितिका पुर्वपदाधिकारीहरु सम्पुर्णमा ५ वर्षे कार्यकालमा पु¥याउनु भएको योगदानको कदर गर्दै धन्यवाद प्रस्ताव पारित गरेको छ । साथै स्थानीय तहको निर्वाचनमा सहयोग गर्नुहुने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुलाइ धन्यवाद ज्ञापन गर्ने समेत निर्णय गरेको समन्वय अधिकारी पोखरेलले जानकारी दिनुभयो । बैठकमा जिल्ला सभाका सदस्य (जिल्लाका १० वटै पालिकाका प्रमुख उपप्रमुख) हरुको उपस्थिती थियो ।