जिल्ला समन्वय समितिका पदाधिकारीहरूकाे सपथ ग्रहण तथा पदस्थापन कार्यक्रम

२०७९/०३/०२ जिल्ला समन्वय समिति (जिसस) मकवानपुरकाे प्रमुखमा ललित बहादुर घलान विजयी हुनुभएको छ । यस्तै जिसस उपप्रमुखमा सानुकाजी लुइटेल विजयी हुनुभएको छ । त्यस्तै महिला सदस्यमा तारा ढुंगाना, विष्णुमाया थपलिया र सुमित्रा थिङ, दलित सदस्यमा सुनिता दर्नाल परियार, खुला सदस्यमा खड्क बहादुर पुलामी, सुवर्ण गोपाली र वीरेन्द्र कुमार लामा बिजयी हुनुभएको छ । नवनिर्वाचित प्रमुख घलानलाई मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले पद तथा गोपनियताको सपथ गराउनु भएको थियो । भने, उपप्रमुखलगायत पदाधिकारीलाई प्रमुख घलानले पद तथा गाेपनियताकाे सपथ गराउनुभएकाे थियाे । उहँँहरूले आजै पदभार समेत ग्रहण गर्नुभएकाे छ । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, प्रदेश नीति तथा योजना आयोग सदस्य प्रह्लाद लामिछाने, निवर्तमान जिसस प्रमुख रघुनाथ खुलाल, हेटौंडाका मेयर मिनाकुमारी लामा, प्रजिअ भरतमणी पाण्डे लगायतको उपस्थिती रहेको थियो ।