जिसस मकवानपुरका प्रमुख घलानले गर्नुभयो “दुना टपरि उद्योगकालागि प्रविधी हस्तान्तरण कार्यक्रम” को उद्घाटन

बिहिबार बागमती गाउँपालिका–९ अँधेरीमा डिभिजन वन कार्यालय मकवानपुरको आर्थिक सहयोग तथा स्थानीय दक्षिणकाली सामुदायिक वन उपभोक्ता समूहले आयोजना गरिएको “दुना टपरी उद्योगकालागि प्रविधी हस्तान्तरण कार्यक्रम” मा बोल्दै प्रमुख घलानले सामुदायिक वनभित्रबाट निस्कने वन पैदावरसँग सम्बन्धीत विभिन्न वस्तुहरु नियमसंगत ढंगले उद्यमशिल्ता एवम् व्यवसायीकरण गरेर आर्थिक उपार्जन गर्न सकिने उल्लेख गर्नुभयो । देशमा राजनीतिक परिवर्तन पश्चात अब आर्थिक अवस्था सुधारमा केन्द्रीत भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा डिभिजन वन अधिकृत पुष्पराज बर्तौला, वन अधिकृत वसन्तराज गौतम, डिभिजन वन कार्यालयबाट भुपेन्द्र कार्की जिल्ला समन्वय समिति मकवानपुरकी सदस्य तारा ढुङ्गाना, सुमित्रा थिङ, विष्णुमाया थपलिया लगायत स्थनीय वन उपभोक्ता समूहका सदस्यहरुको उपस्थिति थियो ।