२०७७ साल असाढ ७ गते,आईतवार/बकैया गाउँपालिकाकाे अनुगमन

बकैया गाउँपालिकाको अनुगमन: प्राथमिक्ता तोकेर काम गर्न सुझाव

जिल्ला समन्वय समिति (जिसस) मकवानपुरबाट जिल्लाको पुर्वी बकैया गाउँपालिकाको अनुगमन गरिएको छ । जिसस प्रमुख रघुनाथ खुलालको नेतृत्वमा गाउँपालिकाको चालु आर्थिक वर्षको समग्र प्रगतिको अवस्थाका विषयमा अनुगमन अनुगमन गरिएको हो । सो क्रममा गाउँपालिकाले चालु आर्थिक वर्षमा गरेका काम तथा आगामी वर्षको निति कार्यक्रम तथा बजेटका विषयमा छलफल समेत भएको थियो । छलफलका क्रममा जिसस प्रमुख खुलालले आगामी वर्षको निति कार्यक्रम तथा बजेट निर्माण गर्दा प्राथमिक्ता निर्धारण गरेर याेजना छनोट गर्न सुझाव दिनुभयो । उहाँले आगामी निति कार्यक्रम तथा बजेट निर्माण गर्दा भौतिक पुर्वाधारसंगै कृषि, स्वास्थ्य, शिक्षा र रोजगारीलाई बिशेष प्राथमिक्ता दिनु सुझाव दिनुभयो । बिशेष गरि वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई ध्यानमा राखेर रोजगार उन्मुख बजेट निर्माण गर्न उहाँले सुझाव दिनुभयो । त्यस्तै प्रमुख खुलालले पुर्वाधार निर्माणमा प्राविधिक पक्षलाई ध्यान दिन, सामाजिक क्षेत्रमा पनि उत्तिकै ध्यान दिन सुझाव दिनुभयो । प्रमुख खुलालले आगामी बजेटमा सहयोगापेक्षी सडक मानव व्यवस्थापनका लागि तथा स्थानिय तह सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताका लागि बजेट व्यवस्थापन गर्न सुझाव दिनुभयो । विद्यालय शिक्षाका लागि अनलाईन कक्षा व्यवस्थापनका साथै विपद व्यवस्थापनका क्षेत्रमा योजनाबद्ध तयारी गर्न सुझाव दिँदै सुचनाको क्षेत्रमा ठोस योजना निर्माण्त्यस्तै उहाँले स्थानीय तहको आय बृद्धिका लागि ढुंगा गिट्टी बालुवाको व्यवस्थित रुपमा प्रयोग गर्न आग्ह गर्नुभयो । छलफलमा उपप्रमुख भगवती पुडासैनीले आन्तरिक आयको बृद्धिमा ध्यन दिँदै लक्षित वर्गका कार्यक्रमहरुलाई प्रथमिक्ता दिएर बजेट निर्माण गर्न सुझाव दिनुभयो । अनुगमन टोलीमा समन्वय अधिकारी आनन्दराज पोखरेल, जिससका सदस्य देवराज रिमाल, जिससका शाखा अधिकृत भीमलाल मर्जजन, नायब सुब्बा उपेन्द्र पोखरेललगायतको सहभागिता थियो ।

अनुगमनका केहि तस्विरहरू