२०७७ साल असार–१६ गते, मंगलवार/इन्द्रसरोवर गाउँपालिकाकाे अनुगमन

जनतासंग जोडिएर काम ग¥यौं कि गरेनौं आत्मसमिक्षा गर्न जिसस प्रमुख खुलालकाे सुझाव

जिल्ला समन्वय समिति (जिसस) मकवानपुरबाट उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको अनुगमन गरिएको छ । जिसस प्रमुख रघुनाथ खुलालको नेतृत्वमा गाउँपालिकाको गतिविधि, योजनाहरुको अवस्था, विकास निर्माण, सामाजिक, आर्थिक, प्रशासनिक क्षेत्रको प्रगति तथा समस्याहरुका बारेमा जानकारी लिनुका साथै समग्र विष्यमा छलफल गरेको थियो ।

छलफलका क्रममा जिसस प्रमुख खुलालले समानुपातिक विकासका क्रममा जनतामा सकारात्मक सोँचको विकास गर्न जरुरी रहेको बताउनुभयो । प्रमुख खुलालले भन्नुभयो– “स्थानिय तहहरुले थुर्पै काम गर्दा गर्दै पनि जस पाउन सकिरहेका छैनन् त्यसैले जनतामा सकारात्मक सोँचको विकास गर्न जरुरी छ । उहाँले समाजिक क्षेत्रमा उत्तिकै ध्यान दिँदै विकास गर्दा प्राथमिक्ता निर्धारण गरेर जनतालाई प्रत्यक्ष लाभ मिल्ने खाले योजना निर्माण गर्न तथा केन्द्रिकृत विकास गर्न सुझाव दिनुभयो । उहाँले सामाजिक क्षेत्रमा काम गरे विकास आँफै देखिने भन्दै जनताले अनुभुति गर्ने गरि काम गर्न सुझाव दिनुभयो । प्रमुख खुलालले जनतासंग जोडिएर काम ग¥यौं कि गरेनौं मुल्याङ्कन गर्ने बेला भएको भन्दै आत्मसमिक्षा गर्न आग्रह गर्नुभयो ।

प्रमुख खुलालले ईन्द्रसरोवर गाउँपालिकामा कृषि र पर्यटनको प्रचुर सम्भावना रहेको भन्दै कृषि र पर्यटनलाई प्राथमिकता दिदै रोजगार सिर्जना हुने खालको कार्यक्रमहरु ल्याउन सुझाब दिनुभयो । उहाँले स्थानीय तहको योजनाहरु जनमैत्री हुनुपर्ने, जनतालाई हरेक कुरामा सुसुचित गर्नुपर्ने, कर्मचारी कल्याण कोष स्थापना गर्नुपर्ने, ढुंगा गिट्टी बालुवालाई व्यवस्थित उपयोग गर्न, लकडाउनको अवधिभरको लागि विद्यार्थीहरुको पठनपाठन व्यवस्थापनका लागि दुरशिक्षा प्रणालीको व्यवस्थापन, विपद व्यवस्थापनलगथायत कुरामा ध्यान दिन सुझाव दिनुभयो । उहाँले गाउँपालिकाले सञ्चालन गरेको योजनाहरु परिणाममुखी हुनुपर्ने बताउनुभयो ।

छलफलमा गाउँपालिका अध्यक्ष जीवन लामा, उपाध्यक्ष उमा कुमारी लामा, प्रमुख प्रशासकिय अधिकृत दान बहादुर ऐडीलगायत विषयगतशाका प्रमुखहरुले गाउँपालिकाले चालु आर्थिक वर्षमा गरेका कार्यप्रगतीको बारेमा जानकारी दिनुभएको थियो । सो क्रममा गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ मा केन्द्र सरकारको १५ करोड ५३ लाख ६० हजार मध्ये ६२ दशलव ६०, प्रदेश सरकारको १ करोड ९० लाख २८ हजार मध्ये १७ दशमलव ०३ प्रतिशत र आन्तरिक आयको ६ करोड ४५ लाख १३ हजार मध्ये ३५ दशमलव ८९ प्रतिशत खर्च भएको जानकारी दिईएको थियो । यो वर्ष ठेक्का प्रकृयामै केहि योजनाहरु रहेको साथै कोरोनाका कारण काममा अवरोध सृजना भएक कारण प्रगति सोँचे अनुरुप हुन नसकेको गाउँपालिका अध्यक्ष लामाले बताउनुभयो । तर पनि चालु आर्थिक वर्षको अन्त्य सम्ममा ८० प्रतिशत प्रगति हासिल गर्न सकिने जानकारी दिनुभयो ।

अनुगमन टोलीले इन्द्रसरोवरको सिस्नेरीमा ढुंगा गिट्टी उत्खनन्को अवस्था र इन्द्रसरोवर–२ कुलेखानीमा निर्माणधिन गाउँपालिका स्तरिय खेलकुद मैदानलगायत आयोजनाहरुको समेत अनुगमन गरेको थियो । टोलीमा जिसस उपप्रमुख भगवती पुडासैनी, सदस्य देवराज रिमाल, समन्वय अधिकारी आनन्दराज पोखरेल, शाखाअधिकृत भीमलाल महर्जन, नायब सुब्बा उपेन्द्र पोखरेललगायतको सहभागिता थियो ।